अपांगता सहायता कक्षका लागी जीतपुरसिमराले माग्यो सांकेतिक दोभासे सहजकर्ता
सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले अपांगता र जेष्ठ नागरिकको सहायताका लागि दोभासे सहजकर्ता माग गरेको छ । उपमहानगरपालिकाको कार्यालयमा स्थापना हुने हेल्प डेक्समा काम गर्नका लागि सहजकर्ता माग गरिएको हो ।
आर्थिक वर्ष २०७९।८० का लागि अपांगता तथा जेष्ठ नागरिकको सहायतका लागि हेल्प डेक्स स्थापनार्थ विनियोजित बजेटको रकमबाट उपमहानगरपालिकाले स्वयंसेवकको रुपमा सहजकर्ता राख्न लागेको हो । उक्त पदका लागि १८ देखि ३५ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
एसईई वा सो सरह अध्ययन गरेको र अपांगता सम्बन्धि सांकेतिक ज्ञानको भएको व्यक्तिले आवेदन दिन सक्ने सूचना अधिकारी रामेश्वर बन्जाराले जानकारी दिए । सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिने सकिनेछ ।