अन्तर विद्यालय तेक्वान्दो प्रतियोगितामा राष्ट्रिय विभूति प्रथम


eShilalekh

२६ माघ २०७९, बिहीबार ०९:१३

सिमराः ५०औं वार्षिकोत्सवका अवसरमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको अन्तर विद्यालय तेक्वान्दो प्रतियोगितामा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन प्रथम भएको छ ।

पथलैयास्थित विद्यालय परिसरमा भएको खेलमा विभूतिले प्रथम स्थान हासिल गरेको हो । यसैगरी पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुल द्धितीय भएको छ । प्रतियोगितामा चार विद्यालयका खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा विभूतिका सिम्रन सापकोटा र आयोजक विद्यालयका सुमन सापकोटा उत्कृष्ट फाइटर घोषित भएका छन् । विजेता खेलाडी र निर्णायकलाई विद्यालयका प्रध्यानाध्यापक शम्भु मण्डल खेलकुद उपसमिति संयोजक राजकुमार लामा, तेक्वान्दो संघका नगर सदस्य हरी श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

यसअघि होली गार्डेन स्कुलका प्रध्यानाध्यापक भुवन राईले आयोजक विद्यालयलाई तेक्वान्दो किट सहयोग स्वरुप हस्तान्तरण गरेका थिए । तेक्वान्दो प्रशिक्षक बिजय शाह निर्णायकको भूमिकामा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्