सुवर्णमा राष्ट्रिय युवा संघ नेपालको प्रथम अधिवेशन सम्पन्न
सिमराः बाराको सुवर्ण गाँउपालिकामा राष्ट्रिय युवा संघ नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मोहमद मुन्नाको अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा शिवकुमार यादव, सचिवमा राकेशकुमार सिंह, उपसचिवमा राकेशकुमार यादव र राकेश साह चयन भएका छन् ।
अधिवेशन नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज बलबीर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनमा जिल्ला कमिटी उपसचिव भुलन चौधरी, युवा संघका केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज तिलक घलान, एमाले जिल्ला सचिवालय सदस्य मखन पासवान, युवा संघ जिल्ला अध्यक्ष रामपाल यादवलगायतको उपस्थिती रहेको थियो ।
महागढीमाईको प्रथम अधिवेशन सम्पन्न
राष्ट्रिय युवा संघ नेपाल महागढीमाई नगर कमिटीको प्रथम नगर अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले उमाशंकर कुशवाहाको अध्यक्षतामा ३७ सदस्यीय कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा गुन्जेश्वरी यादव, सचिवमा सुरेन्द्र कुशवाहा, उपसचिवमा जयनारायण साह र राजु साह, कोषाध्यक्ष दिब्य ज्योती चयन भएका छन् ।
अधिवेशनमा नेकपा एमाले केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज बलबीर चौधरी, युवा संघको केन्द्रीय उपाध्यक्ष सिता सुवेदी, एमाले जिल्ला उपसचिव भुलन चौधरी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज तिलक घलान, एमाले जिल्ला सचिवालय सदस्य एवम् निर्वाचन क्षेत्र न २ को सहसंयोजक अमरदेवप्रसाद यादव, महागढीमाई नगरपालिका २ का वडाध्यक्ष विश्वनाथप्रसाद कुशवाहा, राष्ट्रिय युवा संघ नेपालका मधेस प्रदेश कमिटी सदस्य अर्जुन बानियालगायतको उपस्थिती रहेको थियो ।