निजगढ, कोल्हबी र सिम्रौनगढमा तोकिए नयाँ प्रमुख प्रशासकीय अधिकृत


eShilalekh

५ फाल्गुन २०७९, शुक्रबार ०८:५८

सिमराः बाराको निजगढ, कोल्हबी र सिम्रौनगढ नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिवको पदस्थापन गर्ने क्रममा तीन स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत तोकेको हो ।

मन्त्रालयको निर्णय अनुसार निजगढ नगरपालिकामा राजमणि निरौला, कोल्हबी नगरपालिकामा संजयकुमार पोखरेल र सिम्रौनगढ नगरपालिकामा विष्णुभक्त सिग्देल आउने भएका हुन् । मन्त्रालयले उनिहरुलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्ने गरी पदस्थापन गर्ने निर्णय फाल्गुन ३ गते गरेको हो ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएका तीनै जना उपसचिव तहमा बढुवा भएका थिए । उपसचिवमा बढुवा भएका २८ जना उपसचिवलाई मन्त्रालयले पदस्थापन गरेको हो ।

यसअघि निजगढ नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन अवस्थामा थियो भने कोल्हबीमा मोहम्मद साविर र सिम्रौनगढमा दिनेशकुमार न्यौपाने प्रमुख प्रशासकीय अधिकृत थिए ।

प्रतिक्रिया दिनुहोस्