सिँचाइ सुविधा बिस्तार गर्न निजगढ नगरपालिकाले सुरु गर्यो अध्ययन


eShilalekh

५ फाल्गुन २०७९, शुक्रबार १०:०६

सिमराः नगर भित्रको सबै क्षेत्रमा सिँचाइ सुविधा बिस्तार गर्ने गरी निजगढ नगरपालिकाले अध्ययन सुरु गरेको छ । नगर क्षेत्रभित्रको कुनै पनि स्थानमा सिँचाइको अभाव हुन नदिन कार्यालयले विज्ञ टोलीसहित अध्ययन थालेको हो ।

नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको नेतृत्वको टोलीले विभिन्न नदी र पानीको स्रोत भएका स्थानको निरीक्षण गरेका छन् । टोलीले मोहोरी, बकैया, बुङजोर खहरे, गडुवान, भक्तलाल र शक्तिखोलाको स्थलगत निरीक्षण गरेको थियो ।

टोलीमा नगर उपप्रमुख सोममाया थिङ, डिभिजन सिचाईं कार्यालय बाराका निमित्त प्रमुख इन्जिनियर हसमद अंसारी, वडा नं. १० का अध्यक्ष आशाकाजी श्रेष्ठलगायत जनप्रतिनिधि र कर्मचारी सहभागी थिए ।

नगरपालिकाले धन्सार खोलाको समेत अध्ययन गर्ने भएको छ । धन्सार खोलाबाट नगरपालिकाको वडा नं. १, २ र ३ मा सिँचाइ सुविधा बिस्तार गर्ने लक्ष्य नगरपालिकाको छ ।

प्रतिक्रिया दिनुहोस्