करैयामाईमा राष्ट्रिय युवा संघ नेपालको अधिवेशन सम्पन्न


eShilalekh

५ फाल्गुन २०७९, शुक्रबार १०:१६

सिमराः करैयामाई गाँउपालिकामा राष्ट्रिय युवा संघ नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जनक मालीको अध्यक्षतामा २७ सदस्यीय कमिटी चयन गरेको छ ।

कमिटीको उपाध्यक्षमा राकेश चौधरी, सचिवमा रणदीप चौधरी, रवीन्द्र यादव, शिवेन्द्र दासलगायत चयन भएका छन् । सर्वसम्मत् चयन गरिएको कमिटीको कोषाध्यक्षलगायत अन्य पदमा पछि मनोनित गर्ने निर्णय अधिवेशनले गरेको छ ।

अधिवेशनमा एमाले मधेस प्रदेश कमिटी सदस्य दशरथ राम, एमाले जिल्ला कमिटी सचिवालय सदस्य मखन पासवान, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज तिलक घलान, केन्द्रीय सदस्य इराज कोइराला, जिल्ला अध्यक्ष राम यादवलगायतको उपस्थिती रहेको थियो ।

अधिवेशन धिरेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्