राष्ट्रपतिद्वारा खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारको जरिवाना मिनाहा
सिमरा: समयमै निर्वाचन खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवाना मिनाहा भएको छ ।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २७६ बमोजिम जरिवाना मिनाहा गर्ने निर्णय गरेकी हुन् ।
यसअघि बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई तोकिएको जरिवाना मिनाहाका लागी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा खर्च विवरण नबुझाएका कारण एक लाख २३ हजार ६ सय २४ उम्मेदवार जरिवानामा परेका थिए । राष्ट्रपतिले निर्णय गरेसंगै ती उम्मेदवारलाई तोकिएको २४ अर्ब ६३ करोड ८८ लाख जरिवाना मिनाहा भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकामा मात्रै पाँच सय ३८ उम्मेदवार जरिवानामा परेका थिए ।