एमाले वडा कमिटीद्धारा श्रद्धान्जली सभाको आयोजना


eShilalekh

१० फाल्गुन २०७९, बुधबार १७:४५

सिमराः नेकपा एमाले जीतपुरसिमरा वडा नं. २ को वडा कमिटीले बुधवार श्रद्धान्जली सभाको आयोजना गरेको छ । उपचारका क्रममा फाल्गुन ४ गते निधन भएका एमाले नेता राजाराम साहको घरमा वडा कमिटीले श्रद्धान्जली सभाको आयोजना गरेको हो ।

जीतपुरसिमरा २ स्थित साहको निवासमा पुगेर श्रद्धान्जली सभाको आयोजना गर्दै वडा कमिटीले परिवारप्रति समवेदना व्यक्त गरेको थियो ।

श्रद्धान्जलीसभामा मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरी, एमाले मधेस प्रदेश कमिटी सदस्य मनोज पौडेल, दिनेश्वर ठाकुर, जिल्ला सचिवालय सदस्य अमृतलाल श्रेष्ठ, एमाले नेताहरु कमला घिमिरे, रमेश खरेल, पूर्णचन्द्र तिमिल्सिनालगायतको उपस्थिती रहेको थियो । सभा वडा कमिटी अध्यक्ष रवीन्द्र खकुरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

आन्द्राको समस्याका कारण काठमाडौंस्थित बीर अस्पतालमा उपचार गराईरहेका ६४ वर्षीय साहको फाल्गुन ४ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्