मिसन ग्रासरुटः बाराको विभिन्न पालिकामा बैठक सम्पन्न
सिमराः नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत सोमबार बाराको विभिन्न पालिकामा बैठक सम्पन्न भएको छ । अभियानका लागी खटिएका केन्द्रीय प्रतिनिधिको उपस्थितीमा बैठक सम्पन्न भएको हो ।
एमाले केन्द्रीय सदस्य रन्जना सरकारको प्रमुख आतिथ्यतामा कलैया उपमहानगरपालिकाको बैठक सम्पन्न भएको छ । बैठकमा मिसन ग्रासरुट अभियान केन्द्रीत कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा छलफल भएको एमाले मधेस प्रदेश कमिटी सदस्य देवनारायण चौधरीले जानकारी दिए ।
बैठकमा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, मधेस प्रदेशसभाका पूर्व सदस्य सिता गुरुङ, कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, एमाले नेता अध्यानन्द पाण्डे, एम समिउल्लाह, रमेश सापकोटा, अनिल मैनालीलगायतको उपस्थिती रहेको थियो ।
यसैगरी फेटा गाउँपालिकामा गाउँ कमिटीको बैठक सम्पन्न भएको छ । केन्द्रीय प्रतिनिधि सरकारको उपस्थितीमा बैठक सम्पन्न भएको हो । बैठकमा एमाले मधेस प्रदेश उपसचिव आरती भण्डारीसहित मिसन ग्रासरुटमा खटिएका एमालेका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।
यता जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ मा वडा कमिटीको बैठक सम्पन्न भएको छ । केन्द्रीय प्रतिनिधि अरविन्द सिंहको उपस्थितीमा बैठक सम्पन्न भएको हो ।
बैठकमा एमाले मधेस प्रदेश कमिटी सदस्य सुन्दर विक, मनोज पौडेल, किशोर शर्मा, दिनेश्वर ठाकुर, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख एवम् एमाले जिल्ला सचिवालय सदस्य भोलाप्रसाद अधिकारी, एमाले जिल्ला कमिटी सदस्य रमेश खरेललगायतको उपस्थिती रहेको थियो ।
बैठकमा सदस्यता नविकरण, संगठन सुदृढीकरणलगायतको विषयमा छलफल भएको एमाले नगर उपसचिव त्रिलोक बिक्रम शाहले जानकारी दिए ।