एमालेको मिसन ग्रासरुटः फेटा–२ मा भेला सम्पन्न
धिरेन्द्र तिवारी
कलैयाः मिसन ग्रासरुट अभियान अन्तर्गत बाराको फेटा गाउँपालिका वडा नं. २ को भेला बिहिवार सम्पन्न भएको छ । भेलाले धर्मेन्द्र दुबेको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी सर्वसम्मत् चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा रामसेवक मुखिया बिन, सचिवमा रामऔतार साह तुराहा, उपसचिवमा सुरेश पासवान चयन भएका छन् । कमिटीको सदस्यहरुमा धर्मेन्द्र कुशवाहा, भरत मुखिया, नवलकिशोर कुशवाहा, पुरन पटेल, जकिर मियाँ धुनिया, रहमद हवारी, मोतीलाल पटेल, जगलाल पटेल, जगदीश साह कानु, श्यामबाबु पटेल, शिवचन्द्र पटेल, सबरा खातुन, बगड पटेल, पुनितदेवी पाण्डेलगायतलाई चयन गरिएको छ ।
मधेस प्रदेशसभा सदस्य एवम् एमाले मधेस प्रदेश कमिटी सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य जाकिर अंसारी, फेटा गाउँपालिका गाउँ कमिटी अध्यक्ष बच्चा गिरी, युवा संघका सदाम हवारी, रामानन्द पटेललगायतको उपस्थिति रहेको वडा नम्बर २ का वडाअध्यक्ष नरेशप्रसाद पटेलले जानकारी दिए ।