मिसन ग्रासरुट अन्तर्गत जीतपुरसिमरा १६ मा एमालेको बैठक सम्पन्न


eShilalekh

१९ फाल्गुन २०७९, शुक्रबार ०८:३४

सिमराः नेकपा एमालेको मिसन ग्रसरुट अभियान अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ को बैठक सम्पन्न भएको छ । बैठकले ग्रासरुट अभियानलाई टोलटोलमा पुर्याउने र फागुन २७ गते बृहत भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रदेश कमिटी सदस्य किशोर शर्माले अभियान सफल बनाउन सबै लाग्नु पर्ने कुरामा जोड दिए । यसैगरी प्रदेश कमिटी सदस्य मनोज पौडेलले बिदेशी चलखेलका कारण एमाले नेतृत्वको गठबन्धन परिवर्तन भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्ड बिदेशिको इशारामा चलेको आरोप लगाए ।

नेता पौडेलले एमाले सरकारमा नभएपनि समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमा जनतासंग सहकार्य गरेर अघि बढ्ने बताए ।

नारायण घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश कमिटी सदस्य राज महम्मद राय, जिल्ला कमिटि सदस्य रमेश सापकोटा, सिमा ठकुरी, रुस्तम अन्सारी, नगर कमिटि सदस्य पुष्पराज थापा, बिजय मैनाली लगायतको उपस्थिति रहेको थियो ।

ग्रासरुट अभियान अन्तर्गत बाराका १६ वटै स्थानीय तहमा एमालेको पालिका स्तरीय बैठक सम्पन्न भएको छ । पालिका स्तरीय बैठकपछि वडातहमा ग्रासरुट अभियान सुरु गरिएको नेता पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्