परवानीपुर गोल्डकपको दोस्रो संस्करण फागुन अन्तिम साता सुरु हुने


eShilalekh

२० फाल्गुन २०७९, शनिबार २०:१९

सिमराः परवानीपुर गोल्डकपको दोस्रो संस्करण फागुन अन्तिम सातादेखि सुरु हुने भएको छ । परवानीपुर युथ क्लबको आयोजनामा फागुन २७ गतेदेखि प्रतियोगिता सुरु हुने भएको हो ।

आयोजक क्लबले शनिवार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको छ । प्रतियोगितामा मधेस प्रदेशका ६ र बागमती प्रदेशका दुई गरी आठ टिमको सहभागिता रहने भएको छ ।

प्रतियोगितामा आयोजकसहित नव जनजागृति युवा क्लब सिमरा, वीरगन्ज युनाईटेड क्लब, जनकपुर स्पोर्ट क्लब धनुषा, बेल्खाडी युवा क्लब महोत्तरी, हेटौडा फूटबल एकेडमी हेटौडा, बिएफसी क्लब भरतपुरलगायतको सहभागिता रहने क्लबका अध्यक्ष अलि अख्तर आलमले जानकारी दिए ।

प्रतियोगिताको उपाधी विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार नगद प्राप्त गर्नेछन् । विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार र उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही पाँच हजार प्रदान गरिने अध्यक्ष आलमले बताए ।

पत्रकार सम्मेलनमा आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष अनिल श्रीवास्तव, उपाध्यक्ष रवि राम, महासचिव दिपक यादव, सचिव धुप मण्डल, कोषाध्यक्ष सुरेश यादव, सदस्यह? सफिक आलम, रेहान आलम, सुनिल मण्डल, ईमरान आलमलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्