कोल्हबी भलिबल कपको उपाधीका लागि पुलिस र एपीएफ भिड्ने


eShilalekh

२८ फाल्गुन २०७९, आईतवार १९:३२

सिमराः प्रथम कोल्हबी भलिबल कप प्रतियोगिताको उपाधीका लागि दुई विभागिय टिम भिड्ने भएका छन् । प्रतियोगिताको उपाधीका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्ने भएका हुन् ।

फाइनल यात्रा तय गर्ने क्रममा एपीएफले झापालाई र पुलिसले मधेस प्रदेश क्लबलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेमिफाइन खेलमा एपीएफले झापालाई ३–० र दोस्रो सेमिफाइनल खेलमा पुलिसले मधेस प्रदेशलाई ३–० सेटमा ले पराजित गरेको हो ।

दुई विभागिय टिमबीचको फाइनल भिडन्त सोमबार हुनेछ । यसैगरी तेस्रो स्थानका लागी झापा र मधेस प्रदेश भिड्नेछन् ।

कोल्हबी नगरपालिकाको सहयोगमा जनशक्ति युवा क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले दुई लाख पाँच हजार, उपविजेताले एक लाख पाँच हजार र तेस्रो हुने टिमले ५५ हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्