नेपाल शिक्षक संघ बाराको निर्वाचनको मतगणना केही बेरमा सुरु हुने


eShilalekh

८ चैत्र २०७९, बुधबार २३:२७

कलैयाः नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ बाराको नयाँ नेतृत्व चयनका लागि बुधवार भएको निर्वाचनको मतगणना केही बेरमा सुरु हुँदैछ । निर्वाचन सम्पन्न भएपछि बसेको सर्वपक्षीय बैठकले राती ११ बजे मतगणना सुरु गर्ने समय तोकेको हो ।

कलैयास्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयमा सम्पन्न निर्वाचनमा कुल दुई हजार दुई सय २२ मतदातामध्ये दुई हजार ३५ मत खसेको थियो ।

संघको अध्यक्षका लागि परमहंस यादव र राजकिशोर सहनी चुनावी मैदानमा छन् । दुबैले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा उम्मेदवारी दिएका हुन् ।

को छन् यादव र सहनीको प्यानलबाट उम्मेदवार?

संघको पूर्वअध्यक्ष समेत रहेका यादवको प्यानलबाट यी हुन् उम्मेदवारः
महिला उपाध्यक्षः रुनाकुमारी चौधरी
उपाध्यक्षः खड्कबहादुर श्रेष्ठ
सचिवः अनिलकुमार प्रियदर्शी
सचिव (अर्थ): रामकिशन प्रसाद
सहसचिवः सन्तोष ठाकुर
सहसचिव समावेशीः धनिराम चौधरी, हितेन्द्रप्रसाद चौधरी
सदस्यः भोला साह, रामानन्द यादव, सन्तोषकुमार पाण्डे
प्रदेश प्रतिनिधिः रामदेवप्रसाद यादव, दीपनारायण चौधरी, कमलेशकुमार दुवे, बृजकिशोर प्र. यादव, नुजारम मियाँ चुडिहार, राजकपुर सहनी, राजा खाँ पैठान, हरिन्द्रप्रसाद चौधरी

संघको निवर्तमान सचिव समेत रहेका सहनीको प्यानलबाट यी हुन् उम्मेदवारः
महिला उपाध्यक्षः अनिला चौधरी
उपाध्यक्षः सुभाषचन्द्र प्रसाद यादव
सचिवः सुकदेव यादव
सचिव (अर्थ): ऋषीकान्त कुमार
सहसचिवः रामविनय यादव
सहसचिव समावेशीः गंगाप्रसाद वाग्ले
सदस्यः वेदप्रसाद दुवे, उमा बस्नेत, अमृता कमारी राई मनोजकुमार शर्मा
प्रदेश प्रतिनिधिः रामदेवप्रसाद यादव, कपिलदेव प्रसाद यादव, विद्याप्रसाद यादव, सन्तोषकुमार रजक, दीपनारायण चौधरी, बृजकिशोर प्रसाद यादव, कमलेशकुमार दुवे, राजा खाँ पैठान

प्रतिक्रिया दिनुहोस्