प्रेस युनियन बाराको सातौं जिल्ला अधिवेशन सम्पन्न, यादव पुनः अध्यक्षमा चयन
कलैयाः नेपाल प्रेस युनियन बाराको सातौं जिल्ला अधिवेशनले श्यामबाबु यादवलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । युनियनको शुक्रवार राती सम्पन्न भएको अधिवेशनले यादवको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा बसन्त खतिवडा, समावेशी उपाध्यक्षमा अनिलकुमार साह, सचिवमा राजेश कुशवाहा, सहसचिवमा विनिता चौधरी र कोषाध्यक्षमा अरुण साह चयन भएका छन् । यसैगरी समितिको सदस्यमा प्रभु यादव, चन्दनकुमार चन्दन, विनयराज शर्मा, राहुल गुप्ता, नुरआलम बादशाह, अञ्जली गुप्ता, संदीप यादव, पवन सिंहलगायत चयन भएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालले गरेका थिए ।