प्रदेशसभा सदस्य समीरद्धारा अलपत्र कालोपत्रे सडकको योजना अघि बढाउन माग
धिरेन्द्र तिवारी
कलैयाः बारा क्षेत्र नं. ३(२) बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य माननीय महम्मद समीरले प्रदेशसभाको बैठकमा आफ्नो क्षेत्रको भौतिक बिकासको बारेमा प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
आफ्नो क्षेत्रमा तीन वटा सडक योजना अलपत्र रहेको भन्दै प्रदेशसभा सदस्य समीरले सरकारलाई कालोपत्र गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कलैया उपमहानगरपालिकाको सितलपुरदेखि अवधापुर, वडा नम्बर २० बसतपुर र कलैया उपमहानगरपालिका वडा नम्बर १८ को मोतिसरदेखि फेटा गाउँपालिकाको जगतपुर हुदै फेटाबाजार सम्मको सडक बर्षौदेखि कालोपत्रे नहुँदा समस्या भईरहेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
उनले अबिलम्ब कालोपत्रेको काम अघि बढाउन प्रदेश सरकारसंग माग गरेका छन् । यसैगरी समीरले बाराको मटिअर्वा नाकामा रहेको भन्सार खुलाउनका लागि सरकारलाई ध्यानाकर्षण गराए । उनले ससर्शको बजेट विनियोजिन गर्दा सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यसंग समन्वय गर्ने कार्यको थालनी गर्न समेत आग्रह गरे ।
समीरले गढिमाई, कलैयाको जानकी मन्दीर, सिम्रौनढमा रहेको कंकाली मन्दिरको स्तरोन्तीका लागि बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।