जीतपुरसिमरा बैंकर्स क्लबको अध्यक्षमा एनएमबी बैंकका ढोडारी चयन
सिमराः जीतपुरसिमरा बैंकर्स क्लबको अध्यक्षमा एनएमबी बैंकका शाखा प्रवन्धक उमेश ढोडारी चयन भएका छन् । बैंकर्स क्लबको बुधवार सिमरामा सम्पन्न भेलाले दोस्रो कार्यकालका लागि ढोडारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कुमारी बैंक सिमराका शाखा प्रवन्धक कुमार बास्तोला, सचिवमा राष्ट्रिय बाणिज्य बैंक सिमराका शाखा प्रवन्धक निरोज पाण्डे, सहसचिवमा प्रोग्रेसिभ फाईनान्स सिमराका शाखा प्रवन्धक साबिर अली, कोषाध्यक्षमा सिटिजन्स बैंक पथलैयाका शाखा प्रवन्धक ठाकुर लम्साल चयन भएका छन् ।
जीतपुरसिमरा भित्रका बैंक तथा वित्तिय संस्थाहरुबीच सहकार्य तथा समन्वयका लागि एक वर्ष अघि बैंकर्स क्लब गठन भएको थियो । सिद्धार्थ बैंक सिमराका शाखा प्रवन्धक कृष्ण गौतमको अध्यक्षतामा गठन भएको कार्यसमितिले एक वर्ष पूरा गरेपछि नयाँ नेतृत्व चयन गरिएको हो ।
क्लबले उपमहानगरपालिका भित्र रहेका बैंक तथा वित्तिय संस्थालाई एकीकृत गरी बैंकिङ तथा सामाजिक क्रियाकलापमा हातेमालो गर्दै अघि बढ्ने लक्ष्य लिएको संघका नवनिर्वाचित सहसचिव अलीले जानकारी दिएका छन् ।