बाराबाट प्रकाशित हुने तराई संचार राष्ट्रिय दैनिकको विमोचन


eShilalekh

२२ श्रावण २०८०, सोमबार ११:३८

कलैया: बाराबाट प्रकाशित हुने तराई संचार राष्ट्रिय दैनिकको आइतबार विमोचन गरिएको छ । कलैयामा आयोजित एक कार्यक्रमकाबीच पत्रिकाको विमोचन गरिएको हो ।

प्रतिनिधिसभा सदस्य अच्युत मैनाली, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, मधेस प्रदेश महासचिव श्याम बन्जारा, जिल्ला समन्वय समितिकी उपप्रमुख चण्डिका उप्रेती, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, प्रकाशक गुरुप्रसाद गौतमलगायतले पत्रिकाको विमोचन गरेका थिए ।

पत्रिकाको विमोचन गर्दै प्रतिनिधिसभा सदस्य मैनालीले जिम्मेवार र जवाफदेही पत्रकारिताको आवश्यकता रहेक बताए । मुलुकले प्राप्त गरेको परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्न संचार क्षेत्रको भूमिका अहम रहेको सांसद मैनालीको भनाई थियो ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव चौहानले प्रेसलाई अंकुश लगाउने काम सरकारले गरिरहेको भन्दै त्यस्तो काम नगर्न आग्रह गरे । उनले संचार क्षेत्र बलियो नभएसम्म सुशासन कायम रहन नसक्ने बताए ।

विमोचन कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य लामिछाने, मधेस प्रदेश महासचिव बन्जारा, जिल्ला समन्वय समितिकी उपप्रमुख उप्रेती, बाराका प्रमुख जिल्ला अधिकारी सापकोटा, कांग्रेसका युवा नेता लोकेश सिंहलगायतले मन्तव्य राखेका थिए ।

तराई इन्टरपेनर हाउसका अध्यक्ष गुरुप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण कार्यकारी सम्पादक सिकेन्द्र पासवानले गरेका थिए । कार्यक्रममा पत्रिकाको सहसम्पादक प्रलाद तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए ।

नियमित प्रकाशन थालेको पत्रिकाको प्रधान सम्पादकमा महेश्वर अधिकारी, सम्पादकमा शारदा पोखरेल, कार्यकारी सम्पादकमा पासवान, सहसम्पादकमा तिमिल्सिना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्