महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
सिमराः कलैया उपमहानगरपालिका वडा नं. २४ को कार्यालयले सोमबार महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल प्रदान गरेको छ । स्वास्थ्य सेवा सहज बनाउनका लागि वडा कार्यालयले तीन जना स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको हो ।
सखुईस्थित स्वास्थ्य चौकीमा आयोजित कार्यक्रमकाबीच वडाध्यक्ष हिरालाल चौधरीले साइकल वितरण गरेका थिए । यसैगरी वडाका गर्भवती महिलाका लागि पोषणयुक्त प्रोटिन पाउडर वितरण गरिएको छ ।
वडाका करिब एक सय महिलाका लागि उक्त प्रोटिन पाउडर वितरण गरिएको वडाध्यक्ष चौधरीले जानकारी दिए ।