सिमरा जेसीजमा नेतृत्व परिर्वतन, रिमालको अध्यक्षतामा कार्यसमिति चयन
सिमराः सिमरा जेसीजले वर्ष २०२४ का लागि नयाँ नेतृत्व चयन गरेको छ । सिमरामा सम्पन्न जेसीजको भेलाले लक्की रिमाल (लक्ष्मी) को अध्यक्षतामा वर्ष २०२४ को कार्यसमिति चयन गरेको हो ।
वर्ष २०२३ मा कोषाध्यक्षको भूमिकामा रहेका रिमालले अब सिमरा जेसीजको नेतृत्व गर्नेछन् । वर्ष २०२४ का लागि सिमरा जेसीजको कार्यकारिणी उपाध्यक्षमा रेखा सापकोटा र सुमित अधिकारी चयन भएका छन् ।
यसैगरी कानुनी सल्लाहकारमा सुशिल पौडेल, महासचिवमा अस्मिता शर्मा, कोषाध्यक्षमा द्धारिकाराज पौडेल, उपाध्यक्षमा भरत आचार्य, रामेश्वर बास्कोटा, राजु चौरसिया, सुनोद ढकाल चयन भएका छन् ।
आगामी वर्षका लागि चयन भएको कार्यसमितिले पदस्थापनपछि मात्रै जिम्मेवारी सम्हाल्नेछन् ।