प्रदीप पोलिथिन प्रालिमा समग्र उद्योग ट्रेड युनियनको आठौं अधिवेशन सम्पन्न
सिमरा: बाराको परवानीपुरस्थित प्रदीप पोलिथिन प्रालिमा समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) को आठौं अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले पुन: गोपिलाल पटेलको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा जपाल यादव, सचिवमा हरिसचन्द्र साह, सहसचिवमा महानन्द साह, कोषाध्यक्षमा हरेराम पटेल रहेका छन् । यसैगरी सदस्यमा लक्ष्मी थापा र सुर्यलाल विक चयन भएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन व्हिनका केन्द्रीय अध्यक्ष आनन्द थामीले गरेका थिए । अधिवेशनको उद्घाटन गर्दै थामीले सामाजिक सुरक्षा कोषले संकटमा श्रमिकको संरक्षण गर्ने भएकोले सूचीकरण गर्न जोड दिएका थिए ।
अधिवेशनमा व्हिनका सचिव गीता भण्डारी, जिफन्ट मधेसका सचिव मुक्ति चौधरी, बिनोद महतो र गिरधारलाल कर्ण लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गोपिलाल पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण गौरी शंकर पटेलले गरेका थिए भने स्वागत मन्तव्य हरिशंकर पटेलले राखेका थिए ।