निजगढमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक घाईते


eShilalekh

४ पुष २०८०, बुधबार १६:४८

सिमराः पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढस्थित भमरामा बुधवार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाईते भएका छन् ।

रौतहटबाट निजगढतर्फ आउदै गरेको बा९७प ९४४ र निजगढबाट रौतहटतर्फ जादै गरेको प्र.१–०५–००१प ५४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुबै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बागमती नगरपालिका ३ का ३१ वर्षीय बुद्धिबहादुर बल र उदयपुर कटारी २ का ३४ वर्षीय चन्द्रदीप लामा रहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । बलको मोटरसाइकलमा सवार २९ वर्षीय बाबुराम सुनुवार सामान्य घाइते भएका छन् । घाईते सुनुवारको निजगढ सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।

तिव्र गतिमा रहेका दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुबै मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ ।

यो संगै बारामा एकैदिनमा दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन् । यसअघि त्रिभुवन राजपथ अन्तर्गत पथलैया–हेटौडा सडकखण्डको तीन नम्बर पुलमा बुधवार बिहान दुई बजे बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा ट्रक चालक तनहुँ पिपरटारका करिब २८ वर्षीय पूर्ण गुरुङ, बस चालक हेटौडा उपमहानगरपालिका ३ का करिब ४० वर्षीय हरि शमशेर थापा र पहिचान नखुलेका एक पुरुष रहेका छन् ।

काकरभिट्टाबाट काठमाडौंतर्फ जादै गरेको बा.३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जादै गरेको ना७ख ७३०० नम्बरको ट्रक एक आपसमा ठोक्किँएको हो । दुर्घटनामा २७ जना घाईते भएका थिए । घाइतेमध्ये सातको अवस्था गम्भिर छ ।

यो पनि पढ्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्