सोनाम ल्होछारको अवसरमा आइतबार सार्वजनिक विदा दिने निजगढ नगरपालिकाको निर्णय


eShilalekh

२६ माघ २०८०, शुक्रबार १८:५२

निजगढः तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्वको अवसरमा निजगढ नगरपालिकाले माघ २८ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाको कार्यपालिका बैठकले २८६०औं सोनाम ल्होछारको अवसरमा आइतबार नगर क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बतौंलाले शुक्रवार सूचना जारी गर्दै ल्होछारलाई हर्षोल्लासका साथ मनाउन नगर क्षेत्रभित्रका कार्यालय र शैक्षिक संस्थालाई विदा दिइएको जनाएका छन् ।

तामाङ्ग समुदायले मन्जुश्री संवत् २८६० औं सोनाम ल्होछार ‘डुक ल्हो’ गडुल वर्ष शनिबार मनाउँदैछन् । ल्होछार अर्थात ‘ल्हो’ भन्नाले साल र ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । पुरानो वर्षलाई बिदा गर्दै नयाँ वर्ष प्रवेश गरेको दिनका रुपमा सोनाम ल्होछार मनाउने गरिन्छ ।

ल्होछारको अवसरमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्गलगायतका जनप्रतिनिधिले शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्