महागढीमाईबाट आठ लाखको कपडा बरामद


eShilalekh

१० फाल्गुन २०८०, बिहीबार १९:१७

कलैयाः बारा प्रहरीले आठ लाख मूल्य बराबरको कपडा बरामद गरेको छ । महागढीमाई नगरपालिका २ ईनर्वास्थित मुकेशप्रसाद यादवको घरमा भण्डारण गरेर राखिएको कपडा प्रहरीले बरामद गरेको हो ।

बरामद गरिएको उक्त कपडा अवैध रहेको प्रहरीको भनाई छ । उक्त कपडा वीरगन्ज भन्सार कार्यालय पठाइको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

नक्कली नोटसहित एक पक्राउ

प्रहरीले निजगढबाट नक्कली एक हजारको नोटसहित एक जनालाई पक्राउ गरेको छ । निजगढको प्रहरी टोलीले हाट बजारमा नक्कली नोट लिएर सामान खरिद गरिरहेको अवस्थामा बारागढी २ का दीपेन्द्र माझीलाई नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

माझीको साथबाट दुई थान एक हजारको नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्