बाराबाटै सवारी चालकको लाइसेन्स वितरण सुरु हुने


eShilalekh

३० फाल्गुन २०८०, बुधबार १४:४०

सिमराः बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरण कार्य सुरु गर्ने भएको छ । कलैयाको कार्यालयबाट यसअघि सवारी दर्ता र लाइसेन्स नविकरणको काम मात्रै हुने गरेको थियो । गत मंसिर २५ मा कार्यालय स्थापना भएसँगै पहिलो पटक लाइसेन्स नै वितरणको जिम्मेबारी पाएका कार्यालय प्रमुख नवाज हुसैनले जानकारी दिए।

मोटरसाईकल, स्कुटी, जीप, कार, अटो रिक्सा, ट्रयाकटर जस्ता हलुका सवारी साधनको लाइसेन्स वितरण गर्ने अधिकार कार्यालयले पाएको उनले बताए । सुरुमा हलुका सवारीको लाईसेन्स बितरण गर्ने र विस्तारै सबै किसिमको सवारी लाइसेन्स वितरण गर्ने नीति लिइएको कार्यालयले जनाएको छ । लाईसेन्स दिने काम अगाडी बढेसँगै लाइसेन्सका लागि आवेदन खुल्ला गर्ने कार्यपनि भईसकेको हुसेनले जानकारी दिए ।

कार्यालय नजिकै रहेको कलैया ३ गंगापुरमा ‘सवारी ट्रायल सेन्टर’ निर्माण भईसकेको छ । नेपाल सरकारलाई कुनै भार नपर्ने गरी सवारी ट्रायल सेन्टर संचालनमा ल्याइएको कार्यालय प्रमुख हुसेनले बताए ।

यसअघि यातायात कार्यालय कलैया बारालाई लाईसेन्स वितरणको अधिकार नहुँदा बारा जिल्लाका सेवाग्राहीलाई वीरगन्ज पुग्नुपर्ने बाध्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्