बारा प्रहरीद्वारा ठूलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित एक युवक पक्राउ
सिमराः बारामा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर १६ टाँगीयाबस्ती घर भएका २७ बर्षिय अजय घलान तामाङ (कान्छाराम) रहेका छन ।
गोप्य सूचनाको आधारमा मंगलबार ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका वडा नम्बर १६ टाँँगीयाबस्तीका तमाङको घरमा पुगेर छापा मारेको थियो । त्यसक्रममा उनको घरमा लुकाएर राखिएको अवस्थामा ड्रामाटोल १ हजार २०५ पिस, नाईट्राभेट ७५ पिस र एन्टिकफ ६६ पिस बरामद गरिएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
पक्राउ परेका तमाङलाई प्रहरीको हिरासतमा राखेर उनि विरुद्ध लागू औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको न्यौपानेले बताए ।
कारमा लागू पदार्थ गाँजा ओेसार्ने बाराका एक युवक पक्राउ
लागू पदार्थ गाँजा ओेसार्ने क्रममा बाराका एक युवक मकवानपुरको हेटौडामा पक्राउ परेका छन्। । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–७ जितपुरका १९ बर्षिय साबिर अन्सारी रहेका छन ।
अन्सारी आँफैले चलाई रहेकोे बिआर ०१ बिएफ ५५८१ नम्बरको भारतीय कार नेवारपानीमा रोकेर प्रहरीले चेकजाँच गर्दा कारमा ८४ किलो १२० ग्राम लागुऔषध गाँजा ओसार्ने क्रममा मंगलबार बिहान पक्राउ गरेको हो । कारको सिटको भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा ८४ किलो १२० ग्राम लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
गाँजा र कारसहित नियन्त्रणमा लिइएका अन्सारीलाई मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको भण्डारीले बताए ।