प्रथम पथलैया कप: कोसेलीसंग मौवादेवी क्लब पराजित


eShilalekh

३ माघ २०७८, सोमबार ११:४६

पथलैया: मौवादेवी युवा क्लबलाई ३-१ ले पराजित गर्दै कोसेली युवा क्लब हुलासले प्रथम पथलैया कप फूटवल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

पथलैयास्थित श्रीकृष्ण मन्दिरको मैदानमा भएको खेलमा कोसेलीको जितमा सुवोध लामाले दुई र साहिल मोक्तानले एक गोल गरे । मौवादेवीका लागि स्रिजन पाख्रीनले एक गोल गरे ।

खेलको सुरुवातमै सुवोध लामाको गोलबाट कोसेलीले खेलमा अग्रता लिएको थियो । मौवादेवीको तुलनामा बलियो देखिएको कोसेलीले खेलको १७औं मिनेटमा दोस्रो गोल थप्यो । साहिल मोक्तानले टिमका लागि दोस्रो गोल गरे ।

खेलको ४३औं मिनेटमा मौवादेवीका स्रिजन पाख्रीनले गोल गर्दै टिमलाई खेलमा फर्काउने कोशिस गरे । अन्तिम समयमा सम्हालिन नसकेको मौवादेवीविरुद्ध कोसेलीले खेलको ५८औं मिनेमा तेस्रो गोल थप्दै ३–१ को सहज जित हात पारेको हो ।

खेलको म्यान अफ दि म्याच कोसेली युवा क्लबका सुवोध लामा घोषित भए । प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुदैछ । पहिलो खेल सिमरा युनाईटेड फूटवल क्लब र बारा ११ बीच हुनेछ । यसैगरी दोस्रो खेलमा आकृति युवा क्लब र निजगढ युनाईडेड फूटवल क्लब भिड्ने आयोजक क्लबका बबिन सुब्बाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्