सिमरा खानेपानीको नेतृत्व छान्न निर्वाचन कमिटी गठन


eShilalekh

३ माघ २०७८, सोमबार २१:०४

सिमरा: खानेपानी उपभोक्ता तथा सरसफाई समिति सिमराको निर्वाचनका लागि पाँच सदस्यीय निर्वाचन कमिटी गठन भएको छ । खानेपानी उपभोक्ता तथा सरसफाई समितिको वैठकले निर्वाचन कमिटी गठन गरेको हो ।

वैठकले पाँच सदस्यीय निर्वाचन कमिटीमा मदनबहादुर श्रेत्रीलाई प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ । यसैगरी निर्वाचन अधिकृतमा अम्बिका घिमिरे र त्रिलोक विक्रम शाह तोकिएको छ ।

कमिटीको अन्य दुई सदस्यमा अमृतलाल श्रेष्ठ र मनिष प्याकुरेल रहेका छन् । वैठकको निर्णयपछि समितिका अध्यक्ष कासिम हुसेनले निर्वाचनको तयारीका लागि आवश्यक सामाग्री प्रमुख निर्वाचन अधिकृतलाई हस्तान्तरण गरेका छन् ।

गठित निर्वाचन कमिटीको कार्यतालिका अनुसार समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । चार वर्षअघि निर्वाचित भएको समितिको पदावधी माघ ७ गते सकिदैछ ।

सिमरा खानेपानीमा हाल चार हजार पाँच सय भन्दा बढी उपभोक्ता छन् । उपभोक्तामध्ये करिब दुई हजार नौ सय जनाले नविकरण गराएका छन् । नविकरण गराएका उपभोक्ता मात्रै निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्