प्रसौनी गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन जेठ ४ गते हुने


eShilalekh

३० बैशाख २०८१, आईतवार २१:०६

सिमराः प्रसौनी गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन अब जेठ ४ गते हुने भएको छ । बैशाख ३१ गते सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट हुने भनिएको उद्घाटन कार्यक्रम पछाडी सारिएको हो ।

गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवालले एमाले अध्यक्ष ओली अस्वस्थ भएका कारण भवन उद्घाटन कार्यक्रम सारिएको सूचनामार्फत जनाएका छन् । उनले उक्त कार्यक्रम जेठ ४ गतेका लागि तय भएको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्