पथलैया कपः महेन्द्रनगर फाईनलमा प्रवेश


eShilalekh

८ माघ २०७८, शनिबार २२:२३

पथलैया: महेन्द्रनगर युवा क्लब पिलुवा प्रथम पथलैया कप फूटवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । सहयात्री युवा क्लब जीतपुरलाई पराजित गर्दै महेन्द्रनगर अन्तिम दुईमा प्रवेश गरेको हो ।

पथलैयास्थित श्रीकृष्ण मन्दिर मैदानमा भएको खेलमा महेन्द्रनगरले जीतपुरलाई टाईब्रेकरमा पराजित गरेको हो । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निस्किएको हो ।

टाईब्रेकरमा महेन्द्रनगरले जीतपुरलाई ४Ð२ ले पराजित गरेको हो । खेलको म्यान अफ दि म्याच महेन्द्रनगरका गोलरक्षक सन्देश थापामगर घोषित भए ।

प्रतियोगिता अन्तर्गत सोमबार दोस्रो सेमिफाईनल खेलमा बारा ११ र निजगढ फूटवल क्लबबीच खेल हुने आयोजक श्रीकृष्ण युवा क्लबका सदस्य बबिन सुब्बाले जानकारी दिए । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को मुख्य सहयोगमा आयोजित प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्