जगदम्बा स्टील्समा कार्यरत मजदुरको मृत्यु


eShilalekh

२ जेष्ठ २०८१, बुधबार १०:१३

सिमरा: बाराको सिमरास्थित जगदम्बा स्टील्समा कार्यरत एक मजदुरको मंगलबार मृत्यु भएको छ । उद्योगमा एक्कासि अचेत भएर ढलेका भुलन चौधरीको मृत्यु भएको हो ।

वीरगन्ज महानगरपालिका ३१ घर भएका चौधरी उद्योगमा ढलेपछी उपचारका लागि तराई सिमरा अस्पताल लगिएको थियो । सिमराबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएका चौधरीको उपचारका क्रममा मृत्युु भएको हो ।

चौधरीको मस्तिष्कघात (ब्रेन हेम्ब्रेज) का कारण मृत्यु भएको उद्योग प्रशासनले जनाएको छ । चौधरीको शव शल्यपरिक्षणपछि परिवारलाई जिम्मा लगाइएको छ ।

चौधरीको परिवारलाई उद्योग प्रशासनले राहतवापत १० लाख रकम दिने भएको छ । चौधरी लामो समयदेखी उक्त उद्योगमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्