जबजको सान्दर्भिकता अझै बढेको छः पूर्वमन्त्री पौडेल


eShilalekh

३ जेष्ठ २०८१, बिहीबार १९:५४

सिमराः मदन–आश्रितको ३१औं स्मृति दिवसको अवसरमा नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीले बिहीबार स्मृति सभाको आयोजना गरेको छ । डुमरवानामा आयोजित सभालाई एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेललगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै पौडेलले मदन–आश्रितले देखाएको बाटोमा अगाडी बढ्न सके मुलुक समृद्ध बन्ने बताए । पौडेलले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद कार्यक्रमको अहिले अझै सान्दर्भिकता बढेको बताए ।

कार्यक्रममा एमाले मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल, प्रदेश कमिटी सदस्य सुन्दर विक, किशोर शर्मा, चयन गुरुङ, जिल्ला कमिटी उपसचिव भावना आचार्यलगायतले मन्तब्य राखेका थिए ।

नगर कमिटी अध्यक्ष एवम् जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण त्रिलोक विक्रम शाहले गरेका थिए । कार्यक्रममा झपेन्द्र बरालले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्