नेपाल मोबाइल व्यवसायी महासंघद्धारा सर्लाहीमा शाखा विस्तार
सिमराः मधेस प्रदेशका मोबाइल व्यवसायीलाई एकत्रित गर्दै अघि बढिरहेको नेपाल मोबाइल व्यवसायी संघले सर्लाहीमा शाखा विस्तार गरेको छ । मधेसका विभिन्न जिल्लामा शाखा विस्तार गर्दै आएको महासंघले पछिल्लो पटक सर्लाहीको लालबन्दीमा नयाँ शाखा गठन गरेको हो ।
नेपाल मोबाइल व्यवसायी संघ मधेस प्रदेशका अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा सम्पन्न भेलाले आकाशकुमार श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लालबाबु साह, महासचिवमा बैजु साह, सचिवमा रामप्रवेश साह रौनियार, कोषाध्यक्षमा खेमचन्द्र थापा र सहकोषाध्यक्षमा विजयकुमार लामा चयन भएका छन् ।
यसैगरी राम विश्वास महत्तो, उत्तम कुशवाहा, हसरत अलि, पप्पु साह, पदम घिमिरे, अर्जुनकुमार महत्तो, विकास बराल, ग्रिवराज त्रिपाठी, मन्देश्वर कुशवाहा, दीपेन्द्र महत्तो र समर लामालाई सदस्यमा चयन गरिएको छ ।
महासंघ केन्द्रीय सदस्य छतेन्द्र आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा केन्द्रीय निर्वाचन आयुक्त महासंघका केन्द्रीय सदस्य दिनेश लामा, महासंघका विभिन्न तहका पदाधिकारी र सदस्य, सर्लाहीका मोबाइल व्यवसायीको उपस्थिती रहेको थियो ।