जीतपुरसिमरा १६ मा लघु उद्यम विकास कार्यक्रम सुरु
सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ मा मंगलबार लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सीपमुलक तालिम सुरु भएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत जीतपुरसिमरा १६ को दुई स्थानमा तालिम सुरु भएको हो ।
यस वर्ष कार्यक्रम संचालनका लागि छनौट भएको उक्त वडाको टांगियावस्तीमा तरकारी तथा केरा खेती र सखुवाघाटमा पशुपालनसम्बन्धी तालिम सुरु भएको हो । तालिमको एक कार्यक्रमकाबीच नगर उपप्रमुख भोलाप्रसाद अधिकारी र वडाध्यक्ष हरिदेव खरेलले उद्घाटन गरेका थिए ।
तालिम उद्घाटन कार्यक्रमममा निवर्तमान वडाध्यक्ष केदारनाथ बजगाईं, वडासचिव पुष्प घिमिरे, स्थानीय रवीन्द्रराज भण्डारी, मेड्पा कार्यक्रमका दीपनारायण चौधरी, उषा बुढाथोकीलगायतको उपस्थिती रहेको थियो ।