तराईमा गर्मी बढ्दो, अझै केही दिन तातो हावा चल्ने


eShilalekh

१६ जेष्ठ २०८१, बुधबार १२:१२

सिमराः तराईमा बढ्दो गर्मीका कारण केही दिनदेखिल जनजीवन निकै प्रभावित छ । चर्को घाम र गर्मीका कारण सर्वसाधारण प्रभावित छन् ।

तराईका जिल्लामा पछिल्लो केही दिनमा ४० डिग्री भन्दा बढी तापक्रम मापन गरिएको छ । यो क्रम अझै केही दिन रहने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार जेठ १८ गतेसम्म तराईका जिल्लाम तातो हावा र लहर चल्ने सम्भावना छ । बर्षाको सम्भावना कम रहेको र तातो हावा चल्ने हुँदा गर्मी अझै बढ्ने देखिएको छ । महाशाखाले तातो हावा र लहर बढ्ने हुँदा सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्