वीरगन्जबाट ११ लाख मूल्य बराबरको मोटरसाइकलका पार्टस् बरामद


eShilalekh

२९ जेष्ठ २०८१, मंगलवार २१:०५


वीरगन्जः पर्सा प्रहरीले वीरगन्जबाट करिब ११ लाख मूल्य बराबरको मोटरसाइकलका पार्टस् बरामद गरेको छ । वीरगन्ज महानगरपालिका ८ पानीटंकीस्थित एक घरबाट प्रहरीले उक्त परिमाणको सामान बरामद गरेको हो ।

प्रहरीका अनुसार भारत पूर्वी चम्पारण विहार रक्सौलका अजय गुप्ताले कोठा भाडामा लिएर उक्त सामानहरु राखेको अवस्थामा बरामद गरिएको हो । उक्त सामानको मूल्य अन्दाजी १० लाख ७४ हजार रहेको पर्साका प्रहरी प्रवक्ता दीपक भारतीले जानकारी दिएका छन् ।

सूचनाका आधारमा प्रहरीले उक्त घरको कोठामा तलासी गरेको र मोटरसाइकलका पार्टस् बरामद गरेको जानकारी दिँदै भारतीले उक्त सामान वीरगन्जस्थित भन्सार कार्यालय बुझाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्