बक्र ईदको अवसरमा सोमबार सार्वजनिक बिदा


eShilalekh

३२ जेष्ठ २०८१, शुक्रबार १७:०१

सिमराः सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

इस्लाम धर्मावलम्बीहरुकोे पर्व बक्र ईद (उल अजहा) असार ३ गते सोमबार परेको हुनाले सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयका सहसचिव र प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र ईदमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्