गोली प्रहारबाट घाइते क्याम्पस प्रमुखको उपचारका क्रममा निधन


eShilalekh

३२ जेष्ठ २०८१, शुक्रबार १९:२८

सिमराः अज्ञात समूहको गोली प्रहारबाट शुक्रबार साँझ गम्भीर घाइते भएका बारा कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको उपचारका क्रममा निधन भएको छ । कुशवाहको बयोधा अस्पतालमा केहीबेर अघि निधन भएको हो ।

अस्पतालले कुशवाहाको मृत्यु भएको पुष्टि गरेको छ । आदर्श कोतवाल गाउँपालिका ३ बतरा टोलमा साँभ ६ बजे मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली प्रहार गर्दा कुशवाहा गम्भीर घाईते भएका थिए । उनको कोखामा गोली लागेको थियो ।

मोटरसाइकलमा सवार कुशवाहालाई मोटरसाइकलमै आएका व्यक्तिले गोली प्रहार गरी फरार भएका बुझिएको छ । बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको भन्ने जानकारी प्राप्त भएको बताए ।

घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्