आज बक्र ईद मनाइँदै
सिमराः मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बक्र इद आज देशभरका मस्जिदमा मनाइँदै छ ।
इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बक्र इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।
हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।