दुई करोड मूल्य बराबरको सामानसहित तीन वटा ट्रक पर्सा प्रहरीको नियन्त्रणमा


eShilalekh

४ असार २०८१, मंगलवार १५:२७

सिमराः पर्सा प्रहरीले दुई करोड भन्दा बढी मूल्य बराबरको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता दीपक भारतीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै दुई करोड २९ लाख ३९ हजार मूल्य बराबरको सामान बोकेको ट्रक नियन्त्रणमा लिएको जनाएका छन् ।

भारतीका अनुसार हार्डवेयर, कपडा र खुद्रा सामान बोकेको ना३ख ६९०५, ना३ख ५१६७ र ना३ख २६२० नम्बरको ट्रकलाई वीरगन्ज महानगरपालिका २५ स्थित आईसिपी सडकखण्डबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त ट्रकलाई किन नियन्त्रणमा लिएको भन्ने बारे विज्ञप्तिमा खुलाइएको छैन ।

नियन्त्रणमा लिइएका ट्रकलाई पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय बारामा बुझाइएको भारतीले विज्ञप्तिमा जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्