सर्लाहीको बागमतीमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, १७ घाइते


eShilalekh

६ असार २०८१, बिहीबार ०९:५४

सिमरा: पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका १ स्थित रायमाझी चोकमा बिहीबार बिहान यात्रुबाहक बस र भारतीय मालबाहक ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

भैरहवाबाट जनकपुरतर्फ जाँदै गरेको लु१ख ८८४८ नम्बरको बस अलकत्रा बोकेको एनएल०११एएच ९२५२ नम्बरको भारतीय लहरी ट्रकसंग ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीका दर्शक कुँवर, रामकरण केबट र हरिबहादुर चौधरी रहेका छन् । घाइतेको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

घटनाको थप विवरण आउँन बाँकी छ ।

तस्वीरहरु: अच्युतम सापकोटा

प्रतिक्रिया दिनुहोस्