बारा प्रहरीद्वारा २७० किलो गाँजा सहित भारतीय ट्रक र चालक पक्राउ


eShilalekh

६ असार २०८१, बिहीबार १५:०२

सिमराः बारा प्रहरीले २ सय ७० किलो गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले बुधबार जीतपुरसिमरा उप–महानगरपालिका वडा नं २१ अमलेखगंजबाट २७० किलो प्रतिबन्धित गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।

नारायणगढबाट पथलैया तर्फ जाँदै गरेको एन एल ०१ ऐन ३०६३ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा क्याबिन भित्र बक्स बनाई लुकाई राखेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।

पक्राउ पर्नेमा भारत बिहार थाना रामगढवा ग्राम धनारदिउली बस्ने अन्दाजी १९ वर्षीय अन्तोस कुमार गिरी रहेका छन् ।लागूऔषध र ट्रक सहित नियन्त्रणमा लिएको गिरीलाई जिल्ला अदालत बाराबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता न्यौपानेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्