एसईईको नतिजा अर्को हप्ताभित्र सार्वजनिक हुने
सिमराः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अर्को हप्ताभित्र सार्वजनिक हुने भएको छ । अहिले नतिजा प्रकाशन अघिको तयारी भइरहेको र अर्को हप्ताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
२०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए । यस पटकदेखि परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गर्ने तयारी छ ।
विद्यार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनै पर्छ । दुई विषयसम्म नन ग्रेडेड (एनजी) ल्याउनेलाई ग्रेडवृद्धिको मौका दिइने बोर्डले जनाएको छ ।