पर्सा राष्ट्रिय निकुञ्जमा सेना र तस्करबीच मुठभेड, गोली लागेर एकको मृत्यु


eShilalekh

७ असार २०८१, शुक्रबार १७:०३

सिमराः पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना र तस्करबीचको भुठभेडमा एक जनाको मृत्यु भएको छ । सेनाले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो ।

मृतकको नाम खुल्न सकेको छैन् । गस्तीमा रहेको सेनाको टोली र तस्करको समूहबीच निकुञ्ज क्षेत्रभित्र भुठभेड हुँदा गोली चलेको बुझिएको छ । सेनाले गोली चलाएपछि अन्य फरार भएका छन् ।

निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले घटनाको पुष्टि गर्दै थप विवरण आउन बाँकी रहेको बताए ‘घटना भएको हो, अहिले अरु विवरण आउँन बाँकी छ’ भगतले भने ‘हामीले त्यसैमा लागिरहेका छौं ।’

निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको चोरी शिकारी गर्न तस्करहरु समूह बनाएर बस्ने गरेका छन् । वन्यजन्तुको चोरी तस्करी नियन्त्रण गर्न सेनाले गस्ती गर्ने गरेको छ । गस्तीमा रहेको सेना र तस्कर समूहबीच जम्काभेट हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्