बुद्ध एयरको सिमरास्थित काउन्टरमा कार्यरत अधिकारीको निधन


eShilalekh

९ असार २०८१, आईतवार १९:२७

सिमराः सिमरा विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा कार्यरत जुनियर अफिसर माधव अधिकारीको आइतबार निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनि एक महिनादेखि काठमाडौं बसेर उपचार गराईरहेका थिए । स्थानीय स्तरमा लोकप्रिय जीतपुरसिमरा ४ निवासी अधिकारी बुद्ध एयरको सिमरास्थित काउन्टरमा झण्डै दुई दशकदेखि कार्यरत थिए ।

अधिकारीको निधनपछि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, नेकपा एमाले मधेस प्रदेश सचिव मनोज पौडेल, नेकपा माओवादी केन्द्रका नेता क्षेत्रबहादुर श्रेष्ठ, नेपाली कांग्रेसका नेता तथा यातायात व्यवसायी ओमकृष्ण कार्की, जीतपुरसिमरा ४ का वडाध्यक्ष ईश्वर केसी, एमाले युवा नेता त्रिलोक बिक्रम शाह, व्यवसायी शिव पौडेललगायतले सामाजिक संजालमार्फत दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्